IME Life New

विदेशमा लगानीको बाटो खुल्यो, अब यस्ता व्यक्ति र कम्पनीलाई सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाली नागरिक र नेपाली कम्पनीलाई विदेशमा लगानी गर्न बाटो खुला गरिदिएको छ।

सरकारले अध्यादेशमार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। अध्यादेशमार्फत ऐनको दफा १०क. को सट्टा अर्को व्यवस्था गरिएको छ। जसमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि देहायका व्यक्ति, नेपालमा स्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा लगानी गर्न पाउने प्रावधान ल्याइएको छ। संसदबाट अध्यादेश पारित भएपछि यो व्यवस्था लागू हुनेछ।

Esewa
Crest

(क) विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा (२) बमोजिम सूचनामा विदेशमा लगानी गर्न पाउने गरी छुट दिएका उद्योग,

(ख) औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगको वर्गीकरणमा परेका उद्योग,

(ग) कुनै नेपाली नागरिकले आफू विदेशमा रहँदा बस्दाको अवधिमा गरेको आर्जनबाट प्राप्त रकम,

(घ) विदेशी लगानीकर्ताले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ७क. को उपदफा (२) बमोजिम प्राप्त विदेशी मुद्राको रकम।

यसैगरी ऐनमा सरकारले नेपालमा स्थापित कम्पनीको विदेशस्थित मुख्य कम्पनीले वा त्यस्तो मुख्य कम्पनीको विदेशस्थित अन्य सहायक कम्पनीले नेपालमा स्थापित कम्पनीको नेपालमा बसोबास गर्ने नेपाली नागरिक कर्मचारीका हकमा समेत लागू हुने गरी सञ्चालन वा कार्यान्वयन गरेको कर्मचारी शेयर बिक्री योजनाअन्तर्गत त्यस्तो कर्मचारीले नेपालबाट बाहिर परिवर्तीय मुद्रा विप्रेषण नहुने गरी शेयर प्राप्त गर्न र त्यस्तो शेयरबाट आयआर्जन गर्न पाउनेछ।

विदेशमा लगानी गर्ने व्यक्ति, कम्पनी वा प्रतिष्ठानले पालना गर्नुपर्ने सर्त, त्यस्तो लगानीको क्षेत्रगत अधिकतम सीमा तथा तत्सम्बन्धी अन्य व्यवस्था नेपाल राष्ट्र बैंकले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी निर्धारण गरिदिएबमोजिम हुने व्यवस्था अध्यादेशमार्फत ल्याइएको छ।

कस्तो लगानीलाई ‘विदेशमा लगानी’ मान्ने ?

  • विदेशको धितोपत्र बजारमा सूचीकृत नभई विदेशमा संस्थापना वा दर्ता भएको सीमित दायित्वको साझेदारी, फर्म, लगानी कोष, कम्पनी वा सीमित दायित्व रहने गरी संस्थापित यस्तै प्रकृतिको निकायको शेयरमा वा शेयर खरिदमा गरेको लगानी,
  • विदेशको धितोपत्र बजारमा सूचीकृत भई विदेशमा संस्थापना वा दर्ता भएको सीमित दायित्वको साझेदारी, फर्म, लगानी कोष, कम्पनी वा सीमित दायित्व रहने गरी संस्थापना यस्तै प्रकृतिको निकायको चुक्तापुँजीको २० प्रतिशतसम्म शेयरमा वा शेयर खरिदमा गरेको लगानी,
  • तर कुनै नेपाली नागरिकले आफू विदेशमा रहँदा बस्दाको अवधिमा आर्जन गरेको रकम लगानी गर्दा त्यस्तो सीमा लागू हुने छैन।
    नेपालमा संस्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा आफ्नो शाखा वा सम्पर्क कार्यालय खोल्न वा दर्ता गर्न गरेको लगानी,
  • नेपालमा संस्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा रहेको बैंकको निक्षेप खातामा जम्मा गरिएको रकम,
  • लगानीबाट प्राप्त आयको पुनर्लगानी ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS