IME Life New

सम्पत्ति शुद्धीकरण निवारणमा जिम्मेवारीपूर्वक काम गर्न बीमकका कार्यान्वयन अधिकारीहरुलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले सम्पत्ति शुद्धीकरण निवारणमा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरुलाई निर्देशन दिएका छन्।

नेपाल बीमा प्राधिकरणले आज आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अधयक्ष दहालले यस्तो निर्देशन दिएका हुन्। ‘सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि दायित्व हो’, उनले भने, ‘त्यसैले सोहीअनुसार बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।’

Esewa
Crest

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’को पूर्वसन्ध्यामा प्राधिकरणको ललितपुर कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अध्यक्ष दहालले बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको जानकारी दिए। ‘बीमा कम्पनीहरुलाई समेत यससम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको छ’, उनले भने, ‘बीमा कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिमलगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको छ।’

कार्यक्रममा डा हरिकुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए। कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी तथा उपनिर्देशक पदमप्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS