IME Life New

एलआईसी भारतले बनायो रेकर्ड, एकैदिन बेच्यो ६ लाख पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी भारतले पोलिसी बिक्रीमा रेकर्ड बनाएको छ। यो कम्पनीले जनवरी २० मा एकैदिन ६ लाख पोलिसी बेचेर रेकर्ड बनाएको हो।

एलआईसीले जनवरी २० मा एकै दिनमा ६ लाख पोलिसी बेचेर भारु १.०४ करोड प्रिमियम संकलन गरेको छ। एलआईसीले सन् १९५६ जनवरी २० मा आफ्नो स्थापनाको ६९ औँ वार्षिकोत्सवमा यो उपलब्धि हासिल गरेको हो।

Esewa
Crest

एलआईसीले साढे ४ लाख एजेन्टको विशाल नेटवर्कका आधारमा यो उपलब्धि सम्भव भएको जनाएको छ। यो सफलता हासिल गर्न सबै एजेन्टले कडा मेहनत गरेको कम्पनीको भनाइ छ।

एलआईसीले बीमा कम्पनीको समृद्ध सम्पदालाई मनाउँदै यस दिनलाई ‘म्याड मिलियन डे’ घोषणा गरेको छ । कम्पनीले आफ्नो विरासतलाई सुदृढ गर्ने र लाखौँ बीमितसँग जोड्ने उद्देश्यका साथ आफ्नो स्थापना दिवसका अवसरमा ‘म्याड मिलियन डे’ सुरु गरिएको जनाएको छ।

यो वार्षिकोत्सवले भारतीयहरुको आर्थिक भविष्य सुरक्षित गर्न एलआईसीले खेल्ने महत्वपूर्ण भूमिकाको उजागर गर्छ। एलआईसीले आफ्नो स्थापनाकालदेखि नै भारतका जनतालाई आर्थिक सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

सन् २०२२ सालमा कम्पनीले भारतमा आईपीओ निष्कासन गरेको थियो। गत शुक्रबार शेयर बजार बन्द हुँदा एलआईसीको शेयरभाउ भारु ८२१ कायम भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS