IME Life New

बीमा प्राधिकरणको अध्यक्षमा अहिलेसम्म ४ जनाको आवेदन, आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न हालसम्म ४ जनाले आवेदन दिएका छन्।

अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। हिजो बिहीबारसम्प प्राधिकरणको अध्यक्षका लागि कमलप्रसाद रेग्मी, डा दामोदर बस्यौला, चिरञ्जीवी चापागाईं र शरद ओझाले आवेदन दिएका छन्।

Esewa
Crest

आवेदकमध्ये बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन्। अर्का आकांक्षी रेग्मी बीमा प्राधिकरणमा निर्देशक छन् र ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन्।

योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित आज माघ ११ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्। उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्नेछ। फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकोहरुले आवेदन दिन सक्नेछन्।

गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचारमा सूर्यप्रसाद सिलवालविरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS