IME Life New

डोनाल्ड ट्रम्पलाई अदालतको झट्का, नागरिकतासम्बन्धी आदेश लागू गर्न रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा गैरअमेरिकी आमा–बाबुका छोरा–छोरीलाई स्वतः अमेरिकी नागरिकता दिने प्रावधानलाई खारेज गर्ने कार्यकारी आदेशमा रोक लगाएको छ।

अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले यो अस्थायी प्रतिबन्ध लगाएका हुन्। अदालतमा चारवटा अमेरिकी राज्यले जन्मका आधारमा स्वतः प्राप्त हुने बालबालिकालाई अमेरिकी नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए।

Esewa
Crest

अमेरिकी कानुन विभागका एक वकिलले ट्रम्पको आदेशको पक्षमा तर्क गर्दा न्यायाधीशले सोधेका थिए, ‘के यो संवैधानिक हो ?’

ट्रम्पको यो कार्यकारी आदेश आउँदो फेब्रुअरी १९ देखि लागू हुने भनिएको थियो। ट्रम्पको आदेशमा अमेरिकामा जन्मेका बच्चाकी आमा गैरकानुनी रुपमा बस्दै आएमा, बच्चाको जन्मको समयमा बुवा अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा नभएमा, आमा बच्चाको जन्मको समयमा संयुक्त राज्य अमेरिकाको कानुनी तर अस्थायी निवासी नभएमा वा बच्चाको जन्मको समयमा बुवा अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा नरहेको अवस्थामा नागरिक दिन नमिल्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS