IME Life New

सबै नागरिक र भौतिक पूर्वाधारलाई बीमाको दायरामा ल्याउने बंगलादेश सरकारको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेश सरकारले सबै नागरिक र भौतिक पूर्वाधारलाई बीमाको दायरामा ल्याउने योजना बनाएको छ। देशको सामाजिक र आर्थिक विकासका लागि बंगलादेश सरकारले यस्तो योजना अगाडि सारेको हो।

वित्त मन्त्रालयअन्तर्गत वित्तीय संस्था शाखा र बीमा विकास तथा नियमन प्राधिकरण (आईडीआरए)बीच हालै सम्पन्न वार्तामा यस विषयमा व्यापक छलफल भएको थियो। आमनागरिकसँगै यातायात, मेट्रो रेल, ट्रेनजस्ता मुख्य ८ क्षेत्रलाई बीमाको कभरेजमा ल्याउने बंगलादेश सरकारले योजना बनाएको छ।

Esewa
Crest

त्यस्तै ठूला सपिङ मललाई अग्रि बीमा योजनामा समेट्ने योजना पनि बंगलादेश सरकारको रहेको छ। यसअघि बंगलादेशमा पशु र पोल्ट्री क्षेत्रका लागि बीमा योजना सार्वजनिक भइसकेको छ।

रेडिमेड गार्मेन्ट र अन्य उद्योग तथा कलकारखानामा काम गर्ने कामदारलाई बीमाको दायरामा ल्याउने बंगलादेश सरकारले तयारी गरिरहेको छ। सबै विश्वविद्यालयका विद्यार्थी र शिक्षकलाई पनि दायरामा ल्याउँदै सबै प्रकारका सवारीसाधनको बीमा अनिवार्य गरिने एफआईडीका अतिरिक्त सचिव अमल कृष्ण मण्डलले बताए। ‘बीमाशुल्क र बीमाशुल्क भुक्तानी विधिका विषयमा पनि छलफल भएको छ’, उनले भने।

छलफलमा सहभागीहरुले आवासीय र गैरआवासी भवनहरुका लागि अग्नि बीमा अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए। केही सहभागीले बीमा कम्पनीहरुले मानिसमा जागरुकता बढाउन नसक्दा बीमाको विस्तार हुन नसकेको भन्दै आलोचना गरेका थिए।

बीमा क्षेत्रमा यो पहल देशको अर्थतन्त्र र सामाजिक विकासका लागि रहेको मण्डलले बताए। ‘हाल बंगलादेशमा बीमाको पहुँच केवल ०.४ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ’, उनले भने, ‘सरकारको यो योजनाले बीमाको पहुँच विस्तारमा सहयोग पुर्याउनेछ।’

आईडीआरएको तथ्यांक अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा जीवन बीमालेख घटेर ८६ लाख ३० हजारमा झरेको छ। सन् २०२२ मा यो संख्या ८९ लाख ६० हजार रहेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS