काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ७८ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर भाउ घटेको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ०५ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावर र दोल्ती पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानकिर्ताले ५ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् ।