IME Life New

क्यानडाले पीआरमा प्रतिबन्ध लगाएपछि ‘सुपर भिसा’ तिर बढ्यो भीड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडाले आमाबाबु र हजुरबा हजुरआमाका लागि स्थायी बसोबास (पीआर) का लागि नयाँ आवेदन लिन रोकेको छ। यो प्रतिबन्ध फेमली क्लास स्ट्रिमअन्तर्गत लगाइएको हो। यो कदमले विदेशी नागरिकमा प्रत्यक्ष प्रभाव पारेको छ।

यसैबीच आमा–बुवा, हजुरबा तथा हजुरआमालाई पीआर पाउनको बाटो कठिन भएपछि विदेशीहरु ‘सुपर भिसा’ तिर लागेका छन् । यो भिसामार्फत उनीहरुले पीआरका लागि लामो प्रतीक्षा बिना आफ्नो परिवारसँग लामो समयसम्म बस्न सक्छन्। क्यानडामा बसोबास गर्ने विदेशीले यसलाई पीआरको विकल्पका रुपमा प्रयास गरिरहेका छन्।

Esewa
Crest

सुपर भिसा एउटा मल्टिपल–एन्ट्री भिसा हो। यसले विदेशी नागरिकका नातेदार आमाबुवा र हजुरबा अनि हजुरआमालाई लामो समयसम्म क्यानाडामा बस्न अनुमति दिन्छ।

क्यानाडाको भिसा नियममा भएको परिवर्तनका कारण विदेशी नागरिकमा चिन्ता छ। भविष्यमा सुपर भिसा पनि बन्द हुने हो कि भन्ने डर उनीहरुको मनमा छ । भिसा प्रोसेसमा लाग्ने समय र प्रतिबन्धले पनि विदेशीलाई समस्यामा पारेको छ।

क्यानडाले भर्खरै आफ्नो भिसा नियम परिवर्तन गरेको छ। यसअघि १० वर्षको मल्टिपल इन्ट्री भिसा पाउनु सामान्य थियो तर अब त्यस्तो छैन । सुपर भिसाका लागि योग्य आमा–बाबु, हजुरबा र हजुरआमा चिन्तित बनाएको विज्ञहरु बताउँछन्। हालैका परिवर्तनका कारण उनीहरुलाई डर छ कि क्यानाडाले भविष्यमा यो सुविधा बन्द गर्न सक्छ। आमाबाबु र हजुरबा हजुरआमाको लागि पीआर र सुपर भिसाबीच महत्त्वपूर्ण भिन्नता छ। जसका कारण बसाइको अवधि र प्राप्त सुविधामा भिन्नता छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS