IME Life New

घातक रोगसम्बन्धी पूरक करार पुनः स्वीकृत गराउन जीवन बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घातक रोगको उपचारसम्बन्धी खर्च व्यहोर्ने सुविधा भएको पूरक करार पुनः स्वीकृत गराउन सबै जीवन बीमकलाई निर्देशन जारी गरेको छ।

प्राधिकरणले जीवन बीमकको घातक रोग पूरक करारसम्बन्धी मार्गदर्शन, २०८१ बमोजिम पूरक करारमा आवश्यक संशोधन र परिमार्जन सहित पुनः स्वीकृति लिन निर्देशन दिएको हो। प्राधिकरणले चालु आर्थिक वर्ष २०८१।८२ देखि नै लागू हुने गरी मार्गदर्शनमा समेटिएको प्रावधान र जोखिम बहनको सुविधा बमोजिम पूरक करार संशोधन, परिमार्जन गरेर प्राधिकरणबाट स्वीकृत गराउन भनेको छ।

Esewa
Crest

जीवन बीमकले प्रचलनमा ल्याएको पूरक करारमा पुनर्बीमक अनुसारको फरक–फरक रोगको जोखिम बहन, फरक–फरक बीमांक, फरक–फरक दाबीको सर्तलगायतले बीमितले दाबी प्राप्त गर्न सकस भएको गुनासोपछि प्राधिकरणले एकरुपता कायम गर्न मार्ग दर्शन जारी गरेको हो। मार्गदर्शनमा न्यूनत्तम जोखिम बहन गर्नुपर्ने रोग, बीमांक निर्धारण, बीमाको विवरण, वार्षिक प्रतिवेदन पेस गर्नुपर्नेलगायतका प्रावधान छन्।

प्राधिकरणले जारी गरेको पूरक करार मार्ग दर्शनमा पूरक करारभित्र निश्चित गम्भीरताको क्यान्सर, मिर्गौला रोग, मुटु रोग, घात, मुख्य अंग प्रत्यारोपण, आँखा, नाक, घाँटीसम्बन्धी रोग, सघन जलन, कलेजो रोग, मस्तिष्क तथा मेरुदण्डको क्यान्सर, अन्धोपनसम्बन्धी जोखिम अनिवार्य रुपमा समावेश गरिएको हुनुपर्ने प्रावधान छ।

घातक रोग पूरक करारसम्बन्धी मार्गदर्शन, २०८१अधिकतम बीमांक १ करोड रुपैयाँ तोकेको छ। मार्गदर्शनको प्रावधानअनुसार पूरक करारको बीमांक मूल बीमालेखको बीमांकभन्दा बढी निर्धारण गर्न पाइँदैन।

प्राधिकरणको निर्देशनअनुसार घातक रोग पूरक करारको सुविधा र सर्तका आधारमा पुनः बीमांकीबाट बीमाशुल्क दर निर्धारण गराउनुपर्ने भएको छ। मार्गदर्शनले अधिकतम बीमांक १ करोड रुपैयाँ तोकेको छ। अधिकांश जीवन बीमकले अधिकतम बीमांक ५० लाख रुपैयाँमात्र कायम गरेकाले १ करोड रुपैयाँसम्मको जोखिम बहनका लागि पुनर्बीमककबाट समर्थनसमेत प्राप्त गर्नुपर्नेछ।

पीडित बीमितका अनुसार पूरक करारअन्तर्गत तुलनात्मक रुपमा महँगो बीमाशुल्क भुक्तानी गरेपनि घातक रोगविरुद्धको उपचार खर्च दाबीमा ठगिनु परेको छ। बीमकले मूल बीमांकसँगै १२ देखि २० प्रकारका घातक रोगको उपचारका लागि खर्च पाइने आश्वासनसहित पूरक करार खरिद गर्न लगाउँछन्। २–४ वर्षपछि दाबी गर्दा विभिन्न बहानामा दाबी अस्वीकृत गरेर दुःख दिने गरेको उनीहरुको अनुभव छ।

घातक रोग सम्बन्धित उपचार खर्च सुविधा भएको पूरक करार लागू गर्न बीमालेख जारी भएको मितिदेखि ९० दिन पूरा भएको हुनुपर्छ। योबाहेक बीमितलाई कुनै रोग लागिसकेको अवस्थामा कम्तीमा ३० दिनसम्म बीमित जीवित रहेको हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS