IME Life New

धेरै नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, नेपाल एसबीआईको आकर्षक ग्रोथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म वाणिज्य बैंकहरुले सवा ३० अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ६.६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कृषि विकास बैंक घाटामा गएको छ भने बाँकी १९ वटा वाणिज्य बैंकले नाफामा गएका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा बैंकले नाफा बढाउन सफल भएका छन् भने बाँकीको घटेको छ।

समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। यो बैंकले चालु वर्षको मंसिरसम्म ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.७८ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३.५३ प्रतिशतले मात्रै बढेको छ।

सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ४.५२ प्रतिशतको संकुचन आएको छ।

यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म कुमारी बैंकले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कुमारीको नाफा ५३.१५ प्रतिशत, प्राइमको २.०७ प्रतिशत, एभरेष्टको ३८.२७ प्रतिशत, एनएमबीको ३१.३६ प्रतिशत, प्रभुको २३.०१ प्रतिशत, लक्ष्मी सनराइजको ८२.७० प्रतिशत, नेपाल बैंकको २४.९५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ९.४४ प्रतिशत र नेपाल एसबीआईको ९०.४८ प्रतिशतले बढेको छ। नाफा ग्रोथको हिसाबले नेपाल एसबीआई अग्रस्थानमा रहेको छ।

त्यस्तै चालु आर्थिक वर्षको मंसिरसम्म हिमालयन बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६९ करोड ४९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सिद्धार्थ र माछापुच्छ्रे बैंकको नाफा बढेको छ भने हिमालयन, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र एनआईसी एसियाको घटेको छ।

समीक्षा अवधिसम्म कृषि विकास बैंक ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS