IME Life
GBIME

१० बुँदामा बुझौँ लस एन्जलसमा ‘डढेलोको कहर’को पछिल्लो अवस्था

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अमेरिको क्यालिफोर्निया प्रान्तस्थित लस एन्जलसमा लागेको डढेलोले कहर मच्चाइरहेको छ। अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ।

डढेलो प्रभावत क्षेत्रहरुमा हालसम्म १ हजारभन्दा बढी घर जलेर खरानी भइसकेका छन्। लाखौँ मानिस सुरक्षित स्थानतिर लागेका छन्।

Crest

अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँको अवस्थालाई ‘युद्ध’जस्तो स्थितिका रुपमा व्याख्या गरेका छन्। यसले अझै उग्र रुप लिन सक्ने अनुमान गरिएको छ। किनकि आउने दिनहरुमा त्यस क्षेत्रमा १२० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावा चल्ने प्रक्षेपण गरिएको छ। यो तीव्र हावाले डढेलो झनै भड्किन सक्नेछ। यस्तो अवस्थामा स्थानीय प्रशासन र दमकल विभागले अवस्था नै खराब हुने संकेत गरेका छन्।

१० बुँदामा बुझौँ डढेलोको पछिल्लो अवस्था

  • इटन र प्यालिसेड्समा लागेको डढेलो तीव्रगतिमा फैलिइरहेको छ। त्यहाँको २२ हजार ६०० एकड जमिनमा डढेलो फैलिएको छ। अहिलेसम्म केवल ११ प्रतिशतमात्रै नियन्त्रण गरिएको छ। अल्ताडेना क्षेत्रलाई प्रभावित पार्ने इटनको डढेलोले १४ हजार एडकमा फैलिसकेको छ। त्यहाँ १५ प्रतिशतमात्रै डढेलो नियन्त्रण गरिएको छ।
  • डढेलो प्रभावित क्षेत्रमा आउने दिनमा १२० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ। एलए टाइम्सका एक मौसम वैज्ञानिकलाई हवाला दिँदै त्यहाँ आइतबार राति र सोमबारदेखि बुधबारसम्म हावा तीव्रगतिमा चल्नेछ। यो डढेलो झनै फैलाउन सक्छ।
  • डढेलो प्रभावित क्षेत्रमा लुटपाटका घटना मच्चिएको छ। यसलाई रोक्न थुप्रै ठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ। हालसम्म चोरीका घटनामा संलग्न २० जनाभन्दा बढी पक्राउ परिसकेका छन्।
  • डढेलो नियन्त्रणमा नआउँदा मानिसमा त्रास फैलिएको छ। क्यालिफोर्नियाका गभर्नर गेबिन न्युजमले डढेलोको पछिल्लो अवस्था र नियन्त्रणको तयारीबारे लगातार समीक्षा गर्न आदेश दिएका छन्। अहिले डढेलो प्रभावित क्षेत्रमा आगो निभाउन पानीको कमी देखिएपछि चिन्ता र आक्रोश व्यक्त गर्न थालिएको छ। यसले कठिनाइ झनै हुने देखिएको छ।
  • स्थानीय प्रशासनले डढेलो प्रभावित क्षेत्रबाट मानिसको उद्धार र शव खोज्न कुकुरसहितको टोली परिचालन गरेको छ। हालसम्म १६ जनाको शव फेला परेको छ। यो संख्या अझै पनि स्थानीय प्रशासनको अनुमान छ।
  • जंगलमा लागेको डढेलोबाट विषाक्त धुँवा निस्किरहेको छ। जसका कारण लस एन्जलस काउन्टीमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। त्यहाँ बसोबास गर्नेहरुलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ।
  • लस एन्जलसको जंगलमा लागेको डढेलोका विषयमा अनुसन्धान भइरहेको छ। प्राकृतिक कारणले यो अवस्था सिर्जना भएको हुन सक्ने अनुसन्धान खटिएका अधिकारीहरुको प्रारम्भिक अनुमान छ। तर, उनीहरुले मानवीय त्रुटिको घटना भएको भन्ने विषय पनि अस्वीकार गरेका छैनन्। यद्यपि, डढेलो लाग्नुको मुख्य कारण पत्ता लागेको छैन।
  • विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तन जंगलमा डढेलोका घटना बढ्नुको आवृत्ति र तीव्रताको मुख्य कारक हो। बढ्दो तापमान, लामो समयसम्म वर्षा नहुनु र सुक्खा वनस्पतिहरुले डढेलो तीव्रगतिमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ। यसले स्थानीय समुदाय जोखिममा पर्न सक्ने देखिएको छ।
  • एफबीआईले जंगलमा लागेको डढेलोसँग सम्बन्धित एउटा ड्रोन घटनाको पनि अनुसन्धान गरिरहेको छ। एउटा नागरिक ड्रोन एक क्यानडेली सुपर स्कुपर विमानसँग ठोक्किएको थियो। जुन प्यालिसेड्स क्षेत्रमा लागेको डढेलो निभाउन खटिएको थियो। ठक्करबाट विमानलाई जमिनमा अवतरण गरिएको थियो।
  • उता क्यानडाका साथै मेक्सिकोबाट पनि क्यालिफोर्नियामा बचाव र डढेलो नियन्त्रण गर्न सहयोग पठाइरहेका छन्। मेक्सिकोले १४ हजार अग्रिनियन्त्रककर्मी पठाएको छ। इरानले पनि मद्दत गर्न तयार रहेको जानकारी गराएको छ। तर, अमेरिकाले जबाफ पठाएको छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS