IME Life
GBIME

लस एन्जलसको भीषण डढेलोमा एक व्यक्ति हात ! सन्दिग्ध प्रहरी नियन्त्रणमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थिते लस एन्जलसको जंगलमा लागेको डढेलोले त्यहाँका मानिसहरुले इतिहासमा कहिल्यै नदेखेको यस्तो विनाश गरेको छ। हलिउड सेलिब्रेटीहरु र सिंगो पहाड यसको प्रभावमा परेका छन्। अहिले प्रहरीले यस विध्वंशमा संलग्न एकजनालाई पक्राउ गरेको दाबी गरेको छ।

न्युयोर्क पोस्टको रिपोर्टअनुसार लस एन्जलसको वेस्ट हिल्सबाट एक घरबासविहीन व्यक्तिलाई पक्राउ गरिएको छ। उनी वेस्ट हिल्स क्षेत्रमा भएको भयानक केनेथ फायर केससँग सम्बन्धित छन्। बिहीबार दिउँसो भएको डढेलोले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। जसका कारण आसपासका धेरै ठाउँमा त्रास फैलिएको छ।

Crest

स्थानीय प्रहरी र दमकल विभागले डढेलोको यो घटनालाई सम्भावित अपराधका रुपमा अनुसन्धान गरिरहेको छ। बिहीबार दिउँसो वेस्ट हिल्सको भिक्ट्री ट्रेलहेडबाट सुरु भएको डढेलो तत्कालै ८०० एकड क्षेत्रफलमा फैलिएको छ। लस एन्जलसका फायर चिफ क्रिस्टिन क्राउलीले आगो अहिले नियन्त्रणमा आएको तर यसको पछाडिका कारण अनुसन्धान भइरहेको बताए।

फक्स एलए रिपोर्टका अनुसार यस मामिलामा पक्राउ परेका संदिग्ध ३० वर्षीय घरबासविहीन व्यक्ति हुन्। तर, प्रहरीले गिरफ्तार र डढेलोबीचको सम्बन्ध भने पुष्टि गरेको छैन। लस एन्जलस काउन्टीमा विगत केही दिनमा ५ क्षेत्रमा डढेलो लागेको थियो। जसमध्ये तीन क्षेत्रको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

प्यासिफिक पालिसेड्स फायर सबैभन्दा ठूलो आगो हो। जसले लगभग २० हजार एकड क्षेत्र र ५ हजारभन्दा बढी घर नष्ट गरेको छ। इटन डढेलोबाट १३ हजार ६९० एकड क्षेत्रफल जलेको छ भने ४ हजारदेखि ५ हजार घरमा क्षति पुगेको छ। सनसेट फायरले हलिउड हिल्स र वरपरका क्षेत्रहरुमा विनाश मच्चाएको छ।

डढेलोका घटनामा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको र यो संख्या अझै बढ्ने अनुमान गरिएको छ। यसबाहेक बुधबार र बिहीबार लुटपाट गरेको आरोपमा २० जना पक्राउ परेका छन्। डढेलोबाट क्षतिग्रस्त घरबाट सामान चोरी गर्दै गर्दा यी व्यक्ति पक्राउ परेका हुन्।

क्यालिफोर्नियाका विभिन्न क्षेत्रबाट करिब १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलोले ठूलो क्षति पुर्याएको र प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।

यी सबै डढेलोका कारण हालसम्म थाहा हुन सकेको छैन। प्रहरी र दमकल विभागले यी घटनाको गहन अनुसन्धान गरिरहेको छ। यस प्रकोपले लस एन्जलस र वरपरका क्षेत्रहरुमा डरको वातावरण सिर्जना गरेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरी र दमकलले दिनरात खटिरहेका छन्। पक्राउ परेकाहरुसँग सोधपुछ जारी रहेको र छिट्टै यस सम्बन्धमा थप विवरण आउने अपेक्षा गरिएको छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS