IME Life New

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्यो, आवेदन खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ।

अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले आज सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो। खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदपूर्ति गर्ने गरी आवेदन खुलाइएको छ।

Esewa
Crest

योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्नेछ। फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकोहरुले आवेदन दिन सक्नेछन्।

गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचारमा सूर्यप्रसाद सिलवालविरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS