IME Life New

आइपीओको तयारीमा रहेको चितवन मेडिकल कलेजको कस्तो छ आम्दानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणमा शेयर निष्कासनको तयारीमा रहेको निजी क्षेत्रको शिक्षण अस्पताल चितवन मेडिकल कलेजले वर्षभरमा झन्डै २ अर्ब रुपैयाँबराबरको कारोबार गरेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार गत आर्थिक वर्ष (आव) २०८०।८१ मा यसले विद्यार्थी भर्ना र शिक्षण शुल्क, चिकित्सा सेवा, औषधि बिक्री, घर बहाललगायत शीर्षकबाट कुल १ अर्ब ९७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको हो। अर्थतन्त्रमा आएको संकुचनका कारण निजी क्षेत्रका अस्पतालहरुको आम्दानीमा संकुचन आइरहेका बेला चितवन मेडिकल कलेजले आम्दानी वृद्धि गरेको देखिएको छ।

Esewa
Crest

गत आवको आम्दानी अघिल्लो आव २०७९।८० को तुलनामा १६.२६ प्रतिशत धेरै हो । अघिल्लो आवमा यसको कुल आय १ अर्ब ६९ करोड ८० लाख रुपैयाँ रहेको थियो। १६ प्रतिशतभन्दा बढीले आम्दानी बढेपनि ३ वर्षअघि आव २०७८।७९ को भन्दा यो आम्दानी १० करोड ५० लाख रुपैयाँ घटी हो । केयर रेटिङ्सका अनुसार चालु आव २०८१।८१ को असोज मसान्तसम्ममा कलेजले कुल ६१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ।

वित्तीय सबलताका आधारमा कलेजले ‘केयर एनपी त्रिपल बी माइनस’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले पूर्वनिर्धारित समयावधिभित्र वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा कम्पनीले मध्यम स्तरको जोखिम बोकेको हुन्छ। चितवन मेडिकल कलेजले व्यवसायमा लगानीका लागि बैंकसँग कुल २ अर्ब ६० करोड रुपैयाँ कर्जा सुविधा उपभोग गरिरहेको छ।

भरतपुरस्थित चितवन मेडिकल कलेजका संस्थापक शेयरधनीहरुको लगानीमा काठमाडौं तीनकुनेमा पनि ३०० शैय्या क्षमताको अस्पताल निर्माणाधीन छ। काठमाडौं इन्टरनेसनल हस्पिटल नाम दिइएको निर्माणाधीन अस्पताल आगामी वर्षदेखि सञ्चालनमा आउने बताइएको छ।

सन् २००६ मा स्थापित मेडिकल कलेज जनवरी २५ सन् २०२४ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो । यो शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस तहको अध्यापन र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटीइभिटी) बाट नर्सिङ, अहेब र ल्याब प्राविधिकको तालिम कक्षा सञ्चालन गर्न इजाजत प्राप्त गरेको छ।

कुल ५०० शैय्या स्वीकृत क्षमता भएको यो अस्पतालले ७५० शैय्या क्षमताको पूर्वाधार निर्माण गरेको छ। अस्पतालका अनुसार अहिले कुल ५३७ शैय्या सञ्चालनमा छन् । अस्पतालले हालै क्यान्सर रोगको उपचारका लागि नयाँ पूर्वाधारसहितको भवनबाट सेवा सुरु गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS