IME Life New

विश्वमा सबैभन्दा धेरै कर्मचारी कुन कम्पनीमा ? (शीर्ष १० कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर यस्ता सयौँ कम्पनी छन्, जहाँ लाखौँ मानिस काम गर्छन्। तर के तपाइँलाई थाहा छ संसारमा सबैभन्दा बढी काम गर्ने कम्पनी कुन हो ? पक्कै जान्न उत्सुक हुनुहुन्छ होला।

विश्वमा सबैभन्दा धेरै मानिसलाई रोजगारी दिनेमा वालमार्ट शीर्षमा रहेको छ। वालमार्टमा लगभग २१ लाख कर्मचारी छन्। यो कम्पनीको संसारभर व्यापार छ। अमेरिकी कम्पनी अमेजन दोस्रो स्थानमा छ। जहाँ १५ लाख ५१ हजार मानिस काम गर्छन्।

Esewa
Crest

तेस्रो स्थानमा ताइवानको कम्पनी फक्सकन रहेको छ। फक्सकनमा ८ लाख २६ हजार ६०८ कर्मचारी कार्यरत छन्।
यो सूचीमा चौथो नम्बरमा एक्सेन्चर कम्पनी छ। जसमा कुल ७.७४ लाख कर्मचारी छन्।

कार निर्माण कम्पनी फक्सवागन पाँचौँ स्थानमा रहेको छ। यो कम्पनीसँग कुल ६ लाख ५६ हजार १३४ कर्मचारी आबद्ध छन्।

छैटौँ स्थानमा भारतीय आईटी कम्पनी टीसीएस रहेको छ। यो टाटा कम्पनीमा कुल ६ लाख १ हजार ५४६ कर्मचारी छन्। भारतीय कम्पनीहरुको सूचीमा टीसीएस शीर्ष स्थानमा छ। यो कम्पनी मार्केट क्यापको हिसाबले भारतको दोस्रो ठूलो कम्पनी हो।

ड्युस पोस्ट सातौँ स्थानमा छ। जहाँ कुल ५लाख ९४ हजार ८७९ जना कार्यरत छन्।

बीवाईडीमा कुल ५ लाख ७० हजार १०० कर्मचारी छन्। यो कम्पनी शीर्ष १० भित्र आठौँ स्थानमा छ। जब कि कम्पास ग्रुप कुल ५ लाख ५० हजार कर्मचारीसहित नवौँ जिङडङ मल ५ लाख १७ हजार १२४ कर्मचारीसहित १० औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS