IME Life New

राष्ट्रिय जीवन बीमाको ‘सिइओ’ का लागि रिमाल सहित को को परे ‘सर्ट लिष्ट’ मा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनी आफ्नो इतिहासमै पहिलो प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्तिको प्रकृयामा छ। प्रमुख कार्यकारी नियुक्तिको लागि आवेदन दिएकामध्ये अन्तिम चरणका लागि चारजना उम्मेदवारलाई संक्षिप्त सूची(सर्ट लिष्ट) मा पारिएको छ।

कम्पनीका अनुसार निमित्त प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका नायब महाप्रबन्धक महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । कम्पनीले सार्वजनिक सूचना प्रकाशन गर्दै उनीहरूमध्ये एकजनाको चयनका लागि माघ ४ गते प्रस्तुतीकरण र माघ ५ गते अन्तरवार्ताका लागि आह्वान गरेको छ।

Esewa
Crest

संक्षिप्त सूचीमा समावेश गरिएका मध्ये सुन्दर पन्थी नेपाल बैंकको प्रथम श्रेणीका अधिकृत हुन् । उनले त्यहाँ सञ्चालन विभागको नेतृत्व गरिरहेका छन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् ।

साबिक राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरि सकेका राजनाथ खनाल बैंकको उच्च व्यवस्थापन पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । अर्का उम्मेदवार रामनाथ यादवसँग बैंक वित्तीय संस्थामा उच्च व्यवस्थापन तहमा रहेर काम गरेको अनुभव छ।

पहिलो पटकमा योग्य उम्मेदवारबाट पर्याप्त आवेदन प्राप्त नभएपछि राष्ट्रिय जीवन बीमा कम्पनीले मसिंर ६ गते दोस्रो पटक प्रमुख कार्यकारी पदका लागि आवेदन माग गरेको थियो ।

यो कम्पनी बीमा ऐन २०७९ जारी भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन खारेजीमा परेपछि २०८० कात्तिकमा संस्थानबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा रूपान्तरण भएको हो। संस्थान ऐन अनुसार प्रशासकबाट सञ्चालन हुँदै आएकोमा यस पटक देखि प्रमुख कार्यकारी अधिकृतले कम्पनीको नेतृत्व सम्हाल्न लागेका छन् । बीमा ऐन २०७९ को प्रावधान अनुसार प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको ६ महिनाभित्र अर्को प्रमुख कार्यकारी नियुक्त गरि सक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS