IME Life New

कार्यकारी निर्देशक सहित रिक्त पदमा नियुक्तिका लागि विज्ञापन प्रकाशन गर्दै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक नियुक्तिका लागि शुक्रबार विज्ञापन प्रकाशन गर्ने भएको छ। अर्थ मन्त्रालयबाट स्वीकृत नयाँ संगठनात्मक संरचना अन्तर्गत रिक्त दरबन्दीमध्ये कार्यकारी निर्देशक सहितको केही पदमा नियुक्तिका लागि लोक सेवा आयोगले स्वीकृति दिएपछि प्राधिकरणले जनशक्ति भर्नाका लागि विज्ञापन प्रकाशन गर्न लागेको हो।

प्राधिकरण अध्यक्ष मदन कुमार दाहालले नयाँ संगठनात्मक संरचना अनुसार दुई उप कार्यकारी निर्देशक र तथ्यांकशास्त्रीको नयाँ सिर्जित पद बाहेकको दरबन्दीमा नियुक्तिका लागि आयोगबाट स्वीकृति प्राप्त भएको जानकारी दिए । उनले इन्स्योरेन्स खबरसँग भने, नयाँ नियुक्तिका लागि भोलि (शुक्रबार) को गोरखापत्रमा विज्ञापन प्रकाशन गर्दैछाैं । दाहालले बुधबारको पत्रकार सम्मेलनमा आफूले चाँडै नै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति टुङ्गो लगाउने घोषणा गरेका थिए ।

Esewa
Crest

प्राधिकरणका अनुसार कार्यकारी निर्देशक बाहेक निर्देशक पदमा साबिकको संरचना अनुसार रिक्त रहेको एक सहित ३ जना, कानून र प्रशासन शाखाका लागि १-१ जना उपनिर्देशक पदका लागि आवेदन खुलाइनेछ। कानून शाखामा हाल ३ जना उपनिर्देशकको दरबन्दी रहेकोमा दरबन्दी थप भएसँगै यो संख्या ४ पुगेको छ।

गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पाैडेलले अनिवार्य अवकाश प्राप्त भएपछि यो पद रिक्त रहेको छ। यसबाहेक साबिकको दरबन्दी अनुसार चार निर्देशकमध्ये गत असार १ गते दिनेश लाल कर्णको अनिवार्य अवकाश पछि यो पदमा पनि १ जना रिक्त रहेको थियो।

तथ्यांक शास्त्रीको पदपूर्ती पछि हुनेः

तथ्यांकशास्त्रीको लागि दरबन्दी सिर्जना भएपनि परिक्षा पाठ्यक्रम तयार भई नसकेकाले तत्कालका लागि तथ्यांकशास्त्रीमा उपनिर्देशक र सहायक निर्देशक पदमा विज्ञापन खुलाइएको छैन।

प्राधिकरणको नयाँ पद सिर्जनासहितको नयाँ संगठनात्मक संरचनालाई अर्थमन्त्रालयले गत कात्तिक ४ गते स्वीकृत गरेको थियो। नयाँ संगठनात्मक संरचना अनुसार प्राधिकरणमा अध्यक्षभन्दा मुनि क्रमशः कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक, निर्देशक र उप निर्देशक रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS