IME Life New

बुढानिलकण्ठमा ३०४ वटा काेठा सहित नेपालकै ठूलो होटल सञ्चालनमा आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय होटल व्यवस्थापन सञ्जाल, सरोवर होटल्सले रोयल ट्युलिप काठमाडौँ सञ्चालन गर्न द मासिफ होटलसँग साझेदारी गरेको छ । बुढानिलकण्ठमा निर्माणाधिन होटल नेपालको सबैभन्दा धेरै शैय्या क्षमता भएको पाँच तारे होटल हुनेछ। यो होटल नेपालको सबैभन्दा ठूलो सभा समारोह तथा वैवाहिक कार्यक्रमको गन्तव्य समेत हुनेछ।

द होटलियर्सका अनुसार लुभ्र होटल्स रोयल ट्युलिप ब्रान्ड अन्तर्गत सरोवर होटल्सले यो होटलको व्यवस्थापन गर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३.५ किलोमिटर दूरीमा अवस्थित रणनीतिक रूपमा अवस्थित यो होटलमा ३०४ कोठाहरू हुनेछन् । कोठाको संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो होटल हुनेछ। अहिले सोल्टी काठमाडाैंमा सबैभन्दा बढी २८४ कोठा छन् ।

Esewa
Crest

व्यवसाय र मनोरञ्जन यात्री दुबैलाई ध्यानमा राखेर डिजाइन गरिएको, होटलले आधुनिक सुविधासहित विलासी आवासीय सुविधा गर्नेछ सरोवर होटल्सले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

झण्डै २ अर्ब रूपैयाँ लगानीमा निर्माणाधिन यो होटल काठमाडाैंको होटलहरूमध्ये सबैभन्दा ठूलो सभा कक्ष भएको होटल हुनेछ। कुल २२ हजार वर्ग फुट क्षेत्रफलमा फैलिएको सभा स्थलमा ११ हजार वर्ग फुट क्षेत्रफलको दुई भव्य सभा गृहले अन्तर्राष्ट्रिय सम्मेलनदेखि उच्च-प्रोफाइल विवाह र कर्पोरेट जमघटसम्मका ठूला-ठूला कार्यक्रमको विस्तृत श्रृंखला पुरा गर्नेछ।

सरोवर होटल्सका अध्यक्ष तथा लुभ्र होटल्स इन्डियाका निर्देशक अजय के. बकायाले पत्रकार सम्मेलनमा भने, “हामी काठमाडौँमा रोयल ट्यूलिप ब्रान्ड ल्याउन द मासिफ होटलसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं। यो सम्झौताले नेपालमा हाम्रो उपस्थिति विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ।

समझदारी पत्रमा हस्ताक्षरपछि पत्रकारलाइ सम्बोधन गर्दै द मासिफ होटलका अध्यक्ष राजेन्द्र शाक्यले थपे, “हामी काठमाडौँमा रोयल ट्यूलिप ब्रान्ड परिचय गराउन सरोवर होटल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यो साझेदारीले नेपालमा विलासिता, आतिथ्य र कार्यक्रम सेवाहरूको लागि नयाँ मापदण्ड स्थापित गर्नेछ।”

सरोवर होटल्सको व्यवस्थापनमा सरोवर पोर्टिको होटल वीरगञ्जमा एक वर्ष अघि देखि सञ्चालनमा छन् । भारतमा पचास भन्दा बढी होटल सञ्चालन र व्यवस्थापन गरिरहेको सरोवर होटल्सले भारत बाहिर नेपाल, अफ्रिकी मुलुक जाम्बिया र केन्यामा होटल सञ्चालन व्यवस्थापन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS