IME Life New

म कायम मुकायम होइन अध्यक्ष नै हुँ: दाहाल, ‘कार्यकारी निर्देशकको नियुक्ति छिट्टै’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफू कायम मुकायम नभई अध्यक्ष नै रहेको स्पष्ट पारेका छन्।

बीमा प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘केही पत्रकार साथीहरुले मलाई कायम मुकायम अध्यक्ष भनेर लेख्ने गर्नुभएको छ’, उनले भने, ‘म कायम मुकायम होइन, अध्यक्ष नै हुँ।’

Esewa
Crest

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्यप्रसाद सिलवालविरुद्ध नागरिकता कीर्ते र भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन बन्न पुगेको थियो। केही दिनपछि सरकारले अर्थ मन्त्रालयबाट बीमा प्राधिकरणको बोर्ड सदस्यका रुपमा प्रतिनिधित्व गरिरहेका सहसचिव दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो। ‘मलाई जिम्मेवारी तोकिएको होइन, अर्को व्यवस्था नहुन्जेलसम्म अध्यक्षकै रुपमा काम गर्न अर्थ मन्त्रालयले नियुक्त गरेको र मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको हो’, उनले भने, ‘त्यसैले कामय मुकायम वा कार्यवाहक अध्यक्ष नलेख्नुहोला।’

प्राधिकरणमा रिक्त रहेको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने पनि अध्यक्ष दाहालले बताए। ‘मेरै कार्यकालमा कार्यकारी निर्देशकको नियुक्ति हुन्छ, उहाँलाई टीका लगाएर जान्छु।’

अध्यक्ष दाहालले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पहल गरिरहेको पनि बताए। ‘कम्पनीहरुमा सीईओको नियुक्ति व्यवस्थामा परिवर्तनदेखि बीमितलाई विद्युतीय माध्यमबाट दाबी भुक्तानी गर्ने व्यवस्था गरिसकेको छु’, उनले भने, ‘अन्य सुधारका काम पनि गर्दै जाने हो।’

सरकारी कागजपत्रमा हुलाक टिकट टाँस्ने प्रावधान कानुनी भएकोले त्यसमा आफूले कुनै परिवर्तन गर्न नसक्ने अध्यक्ष दाहालले बताए। ‘यद्यपि हुलाक टिकटका कारण केही समस्या भयो भने त्यो व्यवस्था परिवर्तनका लागि पहल भने गर्न सक्छु’, उनले भने।

बीमितलाई दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले बताए। ‘ऐन–नियमभन्दा बाहिर गए बनाइएका नीतिहरुलाई हाम्रो कानुन शाखामार्फत सच्चाएर एकीकृत निर्देशन बनाउने तयारी भइरहेको छ’, उनले भने, ‘बीमकको लगानीमा क्याप तोकिएको छ भन्ने कुरा पनि आइरहेको छ, त्यसैले लगानी निर्देशिकामा केही गर्नुपर्नेछ, त्यसमा पनि काम गर्छौं।’

बीमा कम्पनीहरुमा नक्कली कर्मचारीहरु कार्यरत रहेको भन्ने विषयमा प्राधिकरणले अनुसन्धान गरिरहेको दाहालले बताए। ‘हामीले आफ्नो पाटोबाट काम गरिरहेको छौँ, नगरेका होइनौँ’, उनले भने, ‘कारबाही पनि गरेका छौँ।’

अर्कोतर्फ एएमएल÷सीएफटीका लागि प्राधिकरणमा एउटा डेडिकेट शाखा खोलिएको दाहालले जानकारी दिए। ‘यो शाखा म आउनेबित्तिकै स्थापना गरेको हो’, उनले भने, ‘अब त्यही शाखा सबै हेर्छ। नियमित सुपरिवेक्षणमा पनि यस विषयलाई अध्ययन गरिरहेका छौँ।’

अहिले ब्ल्याक मनीको ठूलो इस्यु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यही कारणले नेपाल ग्रे लिस्टमा जाने लागेको बताए। ‘त्यसैलाई यसलाई नियन्त्रण गर्न हामीले राम्ररी काम गर्नुपर्छ’, उनले भने’, ‘ग्रे लिस्ट जाने बीमा प्राधिकरणले गर्दामात्रै होइन, यसमा सबै स्टेकहोल्डर लागिपर्नुपर्छ।’

अध्यक्ष दाहालले गलत काम गर्ने बीमा कम्पनीहरुलाई कारबाही गरेर सही बाटोमा डोर्याउने पनि बताए। ‘कसैलाई कानुन लाग्ने वा कसैलाई नलाग्ने हुँदैन, सबैलाई समान व्यवहार हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS