IME Life New

रू. ५ अर्ब लगानीमा कैलालीमा निर्माणाधीन केबलकारको दोश्रो चरणको शिलान्याश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सातवटै प्रदेशमा केबल कार सेवा बिस्तार गर्ने घोषणा गरेको आइएमई ग्रुपले सुदूरपश्चिमको कैलाली जिल्लामा केबलकार निर्माणको दोश्रो चरणको लागि शिलान्याश गरेको छ। कर्णाली चिसापानीमा निर्माण गर्न लागिएको जालपादेवी केबलकारको ग्रुपले शनिबार शिलान्यास गरेको हो ।

लम्की चुहा नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा निर्माणाधीन ३.१ किलोमिटर लामो केबलकारको शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शिलान्याश गरेकी हुन् । यसअघि गत बैशाख पहिलो साता पनि ग्रुपले केबल कार निर्माण कार्य शुरू गर्न पहिलो चरणको कामको लागि शिलान्याश गरेको थियो । ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले शिलान्याश गरेका थिए।

Esewa
Crest

जालपादेवी केबलकार प्रालिका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन संभावना बोकेको क्षेत्र भएको बताए । उनले पर्यटनले धेरै रोजगारी सिर्जना गर्ने र सरकारको राजश्वमा पनि तुलनात्मक बढी योगदान दिने विश्वास व्यक्त गरे ।

चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म जोड्ने गरी ३.१ किलोमिटर लामो केबलकार निर्माणको योजना रहेको छ। दश मिनेट लामो समय लाग्ने यो दूरीमा यात्रुका लागि ३४ वटा गोन्डोला अर्थात कार जडान गरिनेछन् । केबलकारले दैनिक ६ हजार यात्रु ओसार्ने क्षमता हुनेछ।

केबलकार सञ्चालनका लागि ग्रुपले एक सय बिघा क्षेत्रफल जग्गा लिजमा लिएको छ। केबलकार सेवाले कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधाम र हात्ति पत्थर जस्ता पर्यटकीय आकर्षणको क्षेत्र समेट्नेछ।

ग्रुपका अनुसार केबलकारको निर्माणमा कुल पाँच अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। केबलकारको आधार स्टेशनमा केबलकार, ५० शैय्याको होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् । माथिल्लो स्टेसनमा १०० शैय्याको होटल, रेष्टुरेण्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा बाल उद्यान सहितका पूर्वाधार निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS