IME Life New

बीमकको घरजग्गा खरिद-बिक्रीमा अब नयाँ मापदण्ड, कति तोकिएको छ सीमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा खरिद-बिक्रीमा नयाँ मापदण्ड तय गरेको छ। प्राधिकरणले बीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१ को मस्यौदामा नयाँ मापदण्ड निर्धारण गरेको हो।

अब बीमकले नेटवर्थको ३० प्रतिशत सीमाभित्र रही घरजग्गा खरिद गर्नुपर्नेछ। बीमकले कार्यालय प्रयोजनका लागि स्थिर सम्पत्ति खरिद तथा निर्माणा गर्दा हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टीपछि हुन आउने मूल्य (खुद मूल्य) र खरिद गर्न बीमा प्राधिकरणसँग स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल तोकिएबमोजिम गणना गरिएको नेटवर्थको ३० प्रतिशतको सीमाभित्र रहनुपर्ने प्रावधान मस्यौदामा प्रस्ताव गरिएको छ।

Esewa
Crest

यसैगरी नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणका आधारमा गर्नुपर्ने प्रावधान पनि प्राधिकरणले मस्यौदामा प्रस्ताव गरेको छ।

स्थिर सम्पत्तिको ह्रासकट्टीपछिको हुन आउने मूल्य (खुद मूल्य) गणना गर्दा कुनै पनि स्थिर सम्पत्तिको पुनर्मूल्यांकन गरिएको भएमा रिभ्यालुएसन सरप्लसबराबरको रकम स्थिर सम्पत्तिको खुद मूल्यबाट हटाउनुपर्ने प्रावधान पनि निर्देशनको मस्यौदामा प्रस्ताव गरिएको छ।
यसैगरी बीमा कम्पनीहरुले आफ्नो स्वामित्वमा रहेको वा स्वप्रयोजनमा प्रयोग भएको घरजग्गा बिक्री गर्दा तोकिएबमोजिम गणना गरिएको नेटवर्थको १० प्रतिशत वा सोभन्दा बढी हुन गएमा माग गरिएको विवरण तथा कागजातहरु संलग्न गरी प्राधिकरणसमक्ष स्वीकृतिका लागि निवेदन दिन सक्ने प्रावधान प्रस्ताव गरिएको छ।

घरजग्गा बिक्री गर्दा पनि नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

यस्तो छ नेटवर्थ गणना विधि

यस निर्देशनमा प्राधिकरणले सरोकारवाला निकायहरुबाट रायसुझाव माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS