IME Life New

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सरकारले बढायो प्रक्रिया, सिफारिस समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न प्रक्रिया अगाडि बढाएको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गरेको हो। समितिमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजक र अर्थ सचिव तथा विज्ञ सदस्यका रुपमा ज्योतिचन्द्र ओझा रहनेछन्।

Esewa
Crest

भ्रष्टाचारको अभियोगपछि सूर्यप्रसाद सिलवाल पदमुक्त भएपछि नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद गत मंसिर २४ गतेदेखि नै रिक्त छ। पदबाट अनिवार्य अवकाश प्राप्त गर्न मुश्किलले २ महिना बाँकी रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते सिलवालविरद्ध नागरिकता कीर्ते र भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएलगत्तै पदमुक्त हुने कानुनी प्रावधानका आधारमा सिलवाल कार्यकाल पूरा हुन थप २ महिना बाँकी छँदै पदमुक्त भएका हुन्।

सिलवाललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्न मन्त्रिपरिषदबाट २०७७ माघ १८ गते निर्णय भएको थियो।

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले सम्हालिरहेका छन्। बीमा ऐनको प्रावधानबमोजिम अर्थ मन्त्रालयबाट प्राधिकरणको बोर्ड सदस्यका रुपमा प्रतिनिधित्व गरिरहेका दाहालले सिलवाल पदमुक्त भएपछि अध्यक्षको हैसियतमा प्राधिकरणको नेतृत्व गरिरहेका छन्। बीमा ऐन २०७९ को दफा ६ को प्रावधानअनुसार प्राधिकरणको सञ्चालक समितिमा दोस्रो वरियतामा रहेका दाहालले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS