काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २८ अंकले बढेर २,६१२ को विन्दुमा कायम भएको छ । आज १९४ कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।