काठमाडौं । आइतबार नेप्से परिसूचक २५८३.२९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १३.५३ अंकले घटेको छ।
बजारमा ४ अर्ब ५१ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २४ करोड ५४ लाख रुपैयाँको खरिद भएको छ भने २० करोड ५६ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ६२ बाट २१ करोड ९५ लाख रुपैयाँको खरिद र २० करोड ४४ लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ ब्रोकरबाट बिक्री धेरै भएको छ।