IME Life New

ब्रोकरसँग लगानीकर्ताको कारोबार विवरण मागेको कुरा हल्ला मात्रः सेबोन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ठूला र संस्थागत लगानीकर्ताको कारोबार विवरण ब्रोकरसँगको मागेको कुरा हल्ला मात्र रहेको जनाएको छ।

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले अहिले बजारमा ठूला र संस्थागत लगानीकर्ताको कारोबार विवरण धितोपत्र बोर्डले ब्रोकरसँग मागेको कुरा हल्ला मात्र रहेको बताएका हुन्। ‘यो हल्लामात्रै होइन, लगानीकर्ताको कारोबार विवरण धितोपत्र बोर्डले मागेको छैन’, इन्स्योरेन्स खबरसँग घिमिरेले भने, ‘त्यो मिल्दा पनि मिल्दैन।’

Esewa
Crest

शेयर बजार घटिरहुनुको मुख्य कारण धितोपत्र बोर्डले ठूला लगानीकर्ताहरुको कारोबार विवरण माग्नु नै रहेको लगानीकर्ताहरुकै गुनासो रहेको छ। ‘अरुले भनेकै भरमा लगानीकर्ता प्यानिक हुनुपर्ने अवस्था छैन, गलत कुराको पछि पनि लाग्नुहुँदैन’, प्रवक्ता घिमिरेले भने, ‘शेयर बजारका लगानीकर्ताले आफैँले बजार रणनीति बनाएर लगानी गर्नुपर्छ। अरुले भनेकै भरमा कारोबार गर्नुहुँदैन।’

अहिले बजार चलिरहेकै बेला फेसबुक, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत केही व्यक्तिले लगानीकर्तालाई शेयर किन्न र बेच्न उस्काउने गरेको कुरा पनि आइरहेको घिमिरेले बताए। ‘यो विषयमा धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ’, उनले भने, ‘सोझसाझा लगानीकर्तालाई फसाएर बजारमाथि नियन्त्रण जमाउने प्रयास गर्न खोज्ने त्यस्ता व्यक्तिमाथि धितोपत्र बोर्डले ऐन–नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछ।’

बजारलाई आफ्नो लयमा चल्न दिन लगानीकर्ताले भूमिका खेल्नुपर्ने घिमिरेको भनाइ छ। ‘यदि कसैलाई बजारमा कसैले गलत क्रियाकलाप गरिरहेको छ भन्ने लाग्छ भने धितोपत्र बोर्डमा उजुरी दिन सक्छन्’, उनले भने, ‘धितोपत्र बोर्डले त्यसमा अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS