IME Life
GBIME

लिवर्टी इनर्जीको साधारणसभा पुस २५ गते, यस्ता छन् एजेन्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले पुस २५ गते १५औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजे गने जनाएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो ।

कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

Crest

सभाले अन्य जलविद्युत कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

1734437611073

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS