IME Life New

बोटलर्स नेपाल (बालाजु) को शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड बालाजुको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आज यस कम्पनीको शेयर कारोबार ३ दिनका लागि रोक्का गर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिने सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा पुस २ गते मात्रै प्राप्त भएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार बन्द गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको शेयर कारोबार रोक्का राखेको हो ।

Esewa
Crest

उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप पुस २ गतेको निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै नेप्सेमा जानकारी दिन नसकेको होरु सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

1734414363682

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS