काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

















