काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म बैंकहरुबाट थप करिब पौने १८ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा बैंकहरुबाट १ खर्ब ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ४ महिनामा बैंकहरुबाट थप १७ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। असारको तुलनामा कात्तिकसम्म १९.६ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।
कात्तिकसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७१ अर्ब ३ करोड २५ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग २७ प्रतिशतले बढेको छ।
यसैगरी कात्तिकसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ७८ करोड ८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ४२ करोड १६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
गत असारको तुलनामा कात्तिकसम्मको ३ महिनामा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १०.९ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ६.९ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३ प्रतिशतले बढेको छ।