IME Life New

शेयर कारोबारमा लाग्ने कमिसन र नाफामा लाभकरको कस्तो छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबार गर्दा नाफा होस् वा घाटा अनिवार्य रुपमा लगानीकर्ताले कमिसन तिर्नैपर्छ। शेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकर र नेपाल धितोपत्र बोर्डलाई कमिसनबापत निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।

कारोबारको कमिसन शेयर किन्ने र बेच्ने दुवैले तिर्नुपर्ने प्रावधान छ। कारोबार रकमका आधारमा फरक–फरक कमिसनको व्यवस्था रहेको छ।

Esewa
Crest

लगानीकर्ताले एकपटकमा ५० हजार रुपैयाँभन्दा कमको कारोबार गर्दा ०.३६ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ। त्यस्तै ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड रुपैयाँ माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ।

लगानीकर्ताले प्रतिकारोबार नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था रहेको छ।

यसैगरी लगानीकर्ताले शेयर कारोबारमा नाफा आर्जन गरेको अवस्थामा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ। लगानीकर्ताले नाफा रकमको मात्रै पुँजीगत लाभकर तिर्नुपर्छ।

हाल दुई थरीको पुँजीगत लाभकरको व्यवस्था रहेको छ। एउटा अल्पकालीन र अर्को दीर्घकालीन । अल्पकालीन लगानीकर्ताले नाफाको ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। अल्पकालीन लगानीकर्ता भन्नाले १ वर्षभन्दा कम अवधिमै शेयर किनेर बेच्नेलाई जनाउँछ।

त्यस्तै दीर्घकालीन लगानीकर्ताले नाफाको ५ प्रतिशत कर तिरे पुग्छ। दीर्घकालीन लगानीकर्ता भन्नाले किनेको शेयर १ वर्षपछि बेच्नेलाई जनाउँछ।

शेयर कारोबारमा संस्थागत लगानीकर्ताले भने नाफाको १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS