IME Life
GBIME

शेयर बजार २६६९ को विन्दुमा झर्दा ४ अर्ब ४१ करोडमा खुम्चियो कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार मंगलबार पनि एकल अंकले घटेको छ। नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा बन्द भएको हो।

आज नेप्से उपमूहमा रहेका ४ वटा समूहमात्रै बढेको छ भने ९ वटा घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.३३ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह सर्वाधिक १ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ८५ वटा कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ। यो दिन जोशी हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको शेयरभाउ सर्वाधिक साढे ७ प्रतिशत बढीले बढेको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।

आज बजारमा ४ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS