IME Life New

आइपीओ अनुमति दिन धितोपत्र बोर्डले थाल्यो काम, मापदण्ड पुगेकालाई धमाधम दिँदै जाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब धमाधम कम्पनीहरुलाई साधारण शेयर सार्वजनिक निष्कासन (आइपीओ) अनुमति दिन प्रक्रिया अगाडि बढाउने भएको छ।

लामो समयदेखि अध्यक्ष नियुक्ति नहुँदा धितोपत्र बोर्डबाट कम्पनीहरुले आइपीओ अनुमति पाउने प्रक्रिया लगभग रोकिएको थियो। रमेशकुमार हमाल कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयका सहसचिवहरुले अध्यक्ष भूमिका निर्वाह गरे पनि साधारण शेयरको निष्कासन अनुमति प्रक्रिया खासै अगाडि बढेको थियो। योबीच केही कम्पनीहरुले मात्रै आइपीओ, हकप्रद शेयर निष्कासनको अनुमति पाएका थिए।

Esewa
Crest

मंसिरको दोस्रो साता धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको थियो। सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्यो। उनले कार्यभार सम्हालेलगत्तै रोकिएको साधारण शेयरको निष्कासन अनुमति प्रक्रिया अगाडि बढाउन सम्बन्धित महाशाखाहरुका प्रमुखहरुसँग छलफल थालेका थिए।

अहिले सम्बन्धित महाशाखाहरुमा आइपीओ अनुमति मागेका कम्पनीहरुको फाइलहरु अध्ययन गर्ने काम भइरहेको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। ‘मापदण्ड पुगेका कम्पनीहरुलाई साधारण शेयर (आइपीओ, हकप्रद र एफपीओ) अनुमति दिने प्रक्रिया तत्काल अगाडि बढाउन अध्यक्षज्यूले भन्नुभएको छ’, उनले भने, ‘त्यसैले अब साधारण शेयरको निष्कासन अनुमति धमाधम अगाडि बढ्छ।’

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ८२ वटा कम्पनीको आइपीओ अनुमति पर्खाइमा छन्। ती कम्पनीले ३४ करोड ५३ लाख ५१ हजार ८३ कित्ता आइपीओबाट ४९ अर्ब ८१ करोड ८० लाख ४९ हजार ५९६ रुपैयाँ पुँजी जुटाउन अनुमति मागेका छन्।

यसैगरी धितोपत्र बोर्डको पाइपलाइनमा ६ वटा कम्पनीको एफपीओ र १४ वटा कम्पनीको हकप्रद शेयर निष्कासन अनुमति पर्खाइमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS