IME Life New

नबिल बैंकले सुरु गर्यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुआत गरेको छ। आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ। तत्कालका लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको बताए। ‘हामी ग्राहकको चाहनालाई महसुस गर्दै नवीन समाधानहरु प्रदान गर्न कटिबद्ध छौँ। अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिविम्बित गर्दछ’, ढुंगानाले भने।

Esewa
Crest

नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन्। नगद र चेक कारोबारजस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ।

सुरुआतदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंकले ग्राहकको अनुभवका आधारमा नयाँ–नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ। अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटलाइजेसनअन्तर्गतकै नयाँ आयमका रुपमा लिइएको छ।

यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैंकले जनाएको छ।

समय व्यवस्थापनका लागि उपयुक्तः यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरु र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रुपमा डिजाइन गरिएको हो।

सहज बुकिङ प्रक्रियाः ग्राहकहरुले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ।
ग्राहकहरुले नबिल बैंकको वेबसाइट वा एनबैंक एपप्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। ग्राहकले बैंकमा जानुअघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।

नबिल बैंक नेपालमा बैंकिङ क्षेत्रको एक अग्रणी संस्था हो। यो बैंकले ग्राहकको चाहनालाई केन्द्रमा राखेर नवीनतम र ग्राहकमुखी वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ। नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।

नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रुपमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS