IME Life New

बीमा सुपरिवेक्षण सम्बन्धी उच्चस्तरिय सम्मेलन माघको दोश्रो साता काठमाडाैंमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असोज महिनामा आएको बेमाैसमी बाढीका कारण स्थगित भएको बीमा सुपरिवेक्षण सम्बन्धी उच्च स्तरिय अन्तर्राष्ट्रिय सम्मेलन आगामी माघ महिनाको पहिलो साता हुने भएको छ। आतिथ्य संस्था नेपाल बीमा प्राधिकरणका अनुसार माघ ७ देखि ९ गतेसम्म काठमाडाैंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनेछ।

गत असोजको दोश्रो सातामा आयोजना गर्ने तय गरिएको यो कार्यक्रम २५० भन्दा बढी सर्वसाधारणको ज्यान जाने गरी गत असोजमा देशभर आएको भीषण बाढी र पहिरोका कारण स्थगन गरिएको थियो।

Esewa
Crest

प्राधिकरणले इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर,एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर, फाइनान्सियल स्टाबिलिटी इन्स्टिच्युट र बिआइएस (बैंक अफ इन्टरनेशनल सेटलमेण्ट) को सहयोगमा यो कार्यक्रम आयोजना गर्न लागेको हो।

१९ औं वार्षिक बैठक र सम्मेलनको विषयवस्तु “भोलिको सुरक्षाः संरक्षण खाडल र जलवायू जोखिमलाई कम गर्ने एकताबद्ध प्रयासहरू” को रूपमा घोषणा गरिएको छ। एसियाली बीमा नियामकहरू,एशियाली विकास बैंक,एक्सेस टु इन्क्लुसिभ इन्स्योरेन्स, जिएआइपि, ओइसिडी लगायत विभिन्न सरोकारवालाहरूले जलवायू परिवर्तन र एसियाली बीमा नियामकले सामना गरेको संरक्षण अन्तर समस्याका कारण हालैका विश्वव्यापी प्रभावबाट उत्पन्न भएका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित छलफलमा संलग्न हुनेछन्।

 

सम्मेलन आयोजना मिति अन्यथा हुन गएकोमा सच्याइएकोः सम्पादक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS