IME Life New

शेयर बजारमा उच्च अंकको गिरावट, नेप्से फेरि २७०० तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूह ३.०७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २१४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

घटेको बजारमा खानीखोला हाइड्रोपावरको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको शेयरभाउ ९.९८ प्रतिशतले बढेको छ।

यो दिन ४ कम्पनीको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र जोशी हाइड्रोपावरको शेयरभाउ १० प्रतिशत तथा सामुदायिक लघुवित्तको शेयरभाउ ९.९७ प्रतिशतले घटेको छ।

आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS