IME Life New

दक्षिण एशियाली एक्चुअरियल प्रतियोगितामा नेपाली विद्यार्थीको टोली उपविजेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा एक्चुरियल इनोभेसन च्यालेन्जेस २०२४ मा नेपाली विद्यार्थीहरूको टोली उप विजेता बनेको छ। डायनामिक थिंकर्सले इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) द्वारा आयोजित एक्चुरियल इनोभेसन च्यालेन्ज २०२४ मा नेपाली सहभागिहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

दुई महिनासम्म चलेको यस प्रतियोगिताको निर्णायक चरण गत साता नयाँ दिल्लीको होटल अन्डाजमा आयोजना गरिएको थियो । सो कार्यक्रम आईएफओए इन्डिया सम्मेलनका अवसरमा सञ्चालन भएको थियो ।

Esewa
Crest

यस वर्षको चुनौती पिछडिएका समुदायहरूका लागि दिगो र व्यवहार्य बीमालेख(बीमा उत्पादन)को डिजाइनमा केन्द्रित छ। प्रतियोगितामा दक्षिण एसियाली मुलुकबाट जसमा १५० टोलीले नाम दर्ता गरेका थिए भने ५७ वटा नयाँ प्रस्तावना दर्ज गरिएको थियो। यीमध्ये २२ वटा टोली छनाैटमा परेका थिए, जसमा ७ वटा नेपालका थिए । अन्तिम चरणका लागि चयन गरिएका १० मध्ये ५ जना नेपाली बीमाङ्की थिए ।

गहन मूल्याङ्कन प्रक्रिया पछि, नेपालका सात सहित २२ टोली सेमिफाइनल चरणमा पुग्न सफल भएको थियो। तीमध्ये १० टोलीले फाइनलमा स्थान बनाएका थिए जसमा नेपालको प्रतिनिधित्व पाँच बलियो दाबेदारले गरेका थिए।

नेपाली टोलीमा कुनाल कुमार साह, लवलीश थापा र शमिला लामिछाने सम्मिलित डायनामिक थिंकर्सको समूहले जल सुरक्षा सम्बन्धमा विशेष बीमा समाधान प्रस्तुत गरेका थिए । पानी प्रदूषण जोखिम र पानी ट्याङ्कीहरूको पूर्वाधार क्षतिलाई सम्बोधन गर्ने एक नाैलो बीमा समाधान विशेष गरी ग्रामीण नेपालका लागि तयार पारिएको थियो। उनीहरूको नवीन र प्रभावकारी प्रस्तावले उनीहरूलाई  अमेजन सपिङको ३० हजार रूपैयाँको भाैचर सहित पुरस्कृत गरिएको थियो। आईएफओएका अध्यक्ष कार्तिना ताहिर थमसनले प्रशंसा पत्र र सपिङ भाैचर हस्तारण गरेका हुन्।

उपविजेता टोली डायनामिक थिंकर्सले प्रतिकृया दिंदै भन्यो“हामी यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा हर्षित छौं र यस क्षेत्रमा उत्कृष्टता हासिल गर्न अरूलाई प्रेरित गर्ने आशा राख्छौं,”।

डायनामिक थिंकर्सको सफलता लगायत नेपाली टोलीको प्रख्यातताले विश्वव्यापी एक्चुरियल क्षेत्रमा नेपालका महत्वाकांक्षी एक्चुअरीहरूको बढ्दो सम्भावनालाई जोड दिन्छ। तिनीहरूका उपलब्धिले युवा पेशेवरले नवीन र प्रभावकारी समाधानमार्फत वास्तविक चुनौतीलाई सम्बोधन गर्न सक्ने महत्वपूर्ण योगदानलाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS