IME Life New

नेपाल-चीनबीच के-केमा भयो समझदारी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल र चीनबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको छ भने नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र भएको छ।

Esewa
Crest

यसैगरी नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्नसम्बन्धी प्रमाणपत्र आदानप्रदान, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र तथा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्र द्विपक्षीय हस्ताक्षर भएको छ।

यसैगरी नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको छ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएपछि दुवै देशका अधिकारीहरुले सहमति र समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS