IME Life New

भारतमा गाडी बीमाको ‘नो क्लेम बोनस’मा आकर्षक सुविधा, नयाँ गाडीमा पनि सार्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा ग्राहकले पुरानो गाडीको नो क्लेम बोनस (एनसीबी) स्थानान्तरण गरेर आफ्नो नयाँ गाडीको बीमामा धेरै पैसा बचत गर्न सक्ने व्यवस्था रहेको छ। विगत वर्षमा कुनै किसिमको दाबी नगरेको खण्डमा पोलिसीधारकले एनसीबी पाउँछन्। यो छुट ओन ड्यामेज प्रिमियममा दिइन्छ।

सुरुमा ओन ड्यामेज इन्स्योरेन्समा एनसीबी ० प्रतिशत रहेको हुन्छ। यदि पोलिसीधारकले कुनै दाबी पेस गरेनन् भने एनसीबी प्रत्येक वर्ष बढ्दै जान्छ।

Esewa
Crest

एनबीसी २० प्रतिशतदेखि ५० प्रतिशतबीच दायरा हुन्छ। यदि पोलिसीधारकले पहिलो वर्षमा दाबी पेस नगरेको खण्डमा २० प्रतिशत एनसीबी प्राप्त गर्छन्। दोस्रो वर्ष २५ प्रतिशत, तेस्रो वर्ष ३५ प्रतिशत, चौथो वर्ष ४५ प्रतिशत र पाँचौँ वर्षमा ५० प्रतिशत एनसीबी उपलब्ध हुने व्यवस्था रहेको छ।

एनसीबीलाई नयाँ गाडी बीमा पोलिसीमा स्थानान्तरण गर्न सकिन्छ तर पुरानो गाडी बीमा कुनै दाबी पेस गरेको हुनुहुँदैन। जुनसुकै ब्रान्डको गाडीमा यो प्रावधान लागू गरिएको छ।

यद्यपि एनसीबी समान प्रकृतिका गाडीमा लागू हुन्छ। अर्थात् कारबाट कार र बाइकबाट बाइकमा बीमा पोलिसी स्थानान्तरण गर्न सकिन्छ। गाडीधनी परिवर्तन भएको अवस्थामा यो सुविधा उपलब्ध हुँदैन।

नेपालमा नो क्लेम डिस्काउन्ट सुविधा रहेको छ। तर, यो सुविधाबापत प्राप्त हुने छुट नयाँ गाडीको बीमा गर्दा स्थानान्तरण गर्न पाइँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS