काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३९.७० अंकले बढेर २७५६.३६ को विन्दुको विन्दुमा उक्लिएको हो।
बजार बढ्दा १२ वटा उपसमूह उकालो लागेको छ भने एउटा ओरालो लागेको छ। आज व्यापार समूह सर्वाधिक ९.२१ प्रतिशतले बढेको छ।
आज १९९ कम्पनीको शेयरभाउ बढ्दा ४० वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- जानकी फाइनान्सः ३४ करोड १ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड १६ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः २४ करोड ७२ लाख रुपैयाँ
- नेपाल फाइनान्सः २४ करोड १७ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः २२ करोड ८४ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः २० करोड ६७ लाख रुपैयाँ
- कर्णाली डेभलपमेन्ट बैंकः २० करोड १३ लाख रुपैयाँ
- रसुवागढी हाइड्रोपावरः १९ करोड ८२ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः १८ करोड ५८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ११ लाख रुपैयाँ