IME Life New

आजसम्म कायम शेयरधनीले सोल्टी होटलको बम्पर लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटलले आर्थिक वर्ष २०८०।८१ का लागि घोषणा गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले भोलि मंसिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभा लिन योग्य हुनेछन्।

Esewa
Crest

होटल सञ्चालक समितिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३६.८४ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ। होटलले १० प्रतिशतले हुन आउने बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न होटलले आगामी पुस ४ गते ५० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS