IME Life New

को हुन् धितोपत्र बोर्डका नयाँ अध्यक्ष सन्तोष नारायण ? कस्तो छ पृष्ठभूमि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सन्तोष नारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले सन्तोष नारायणलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

गत वर्ष पुस २० गते रमेशकुमार हमाल धितोपत्र बोर्डबाट बाहिरिएसँगै अध्यक्ष पद रिक्त थियो। करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ।

Esewa
Crest

पुँजी बजारमा सन्तोष नारायणको नाम खासै चर्चामा थिएन। जब उनले धितोपत्र बोर्डको अध्यक्षमा उम्मेदवारी दिए तब उनको नाम एकाएक चर्चामा आएको हो।

स्याङ्जाको भीरकोटमा २०३३ सालमा जन्मिएका सन्तोष नारायण वित्त विषयमा एमबीए गरेका छन्। पढाइमा अब्बल सन्तोषले बैंक तथा वित्तीय संस्थामै आफ्नो करिअर स्थापित गरे। उनीसँग बैंक तथा वित्तीय क्षेत्र लामो समय काम गरेको अनुभव छ।

सन्तोष नारायणले नेपाल एक्सप्रेस फाइनान्समा करिब एक दशक अध्यक्ष भूमिका निर्वाह गरेका थिए। यो फाइनान्स पछि कैलाश विकास बैंक भएर प्राइम कमर्सियल बैंकमा विलय भएको थियो।

स्वाभिमान लघुवित्त वित्तीय संस्थामा पनि सन्तोष नारायण संस्थापक अध्यक्ष थिए। उनले त्यहाँ करिब दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरेका थिए। नेपाल विद्युत प्राधिकरणमा सन्तोष नारायणले सञ्चालक समितिको सदस्य पनि थिए।

विशेषगरी बुटवल र काठमाडौं कार्य क्षेत्र बनाएर व्यवसाय गर्दै आएका सन्तोष नारायण रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य पनि हुन्। अझै पनि उनको केही कम्पनीहरुमा लगानी रहेको छ।

बुटवललाई कर्मथलो बनाउँदा हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सन्तोष नारायण राम्रै सम्बन्ध रहेको स्रोत बताउँछ। सोही कारणले पनि उनले धितोपत्र बोर्डको अध्यक्ष बन्न सफल भएको कुरा पनि उठिरहेका छन्। यद्यपि, लामो समय वित्त क्षेत्रमा सक्रिय रहेका सन्तोष नारायणले धितोपत्रको बागडोर कुशलतापूर्वक निर्वाह गर्छन् वा गर्दैनन्, त्यो आगामी दिनहरुमा छर्लंङ हुने बजार जानकारहरु बताउँछन्।

सिफारिसमा परेका धितोपत्र बोर्डकै कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई पछि पार्दै सन्तोष नारायण अध्यक्ष बनेका छन्। नेप्सेका सीईओ कृष्णबहादुर कार्की सिफारिस भएनन् भने सर्टलिस्टमा परेका तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा जाँदै गएनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS