IME Life New

करिब ११ महिनापछि सेबोनले पायो नयाँ अध्यक्ष, सन्तोष नारायणले मारे बाजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब ११ महिनापछि अध्यक्ष पाएको छ। सरकारले सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको हो। अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये ४ जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सकेर ३ जनाको नाम सिफारिस गरेको थियो।

Esewa
Crest

समितिले अध्यक्षमा सेबोनकै कार्यकारी निर्देशकद्वय डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो। यी ३ जना उम्मेदवारमध्ये सन्तोष नारायणलाई सरकारले सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो।

सन्तोष नारायण नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक हुन्। उनी तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा थिए । उनी यसअघि स्वाभिमान लघुवित्तको अध्यक्षसमेत भएका थिए।

अन्तर्वार्तामा सहभागी भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की सिफारिसमा पर्न सकेनन् भने तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ अन्तर्वार्तामा सहभागी नै भएनन्।

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि अन्तर्वार्ता रोकिएको थियो।

त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी सन्तोषनारायणले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

गत वर्ष पुस २० गते रमेशकुमार हमाल बाहिरिएपछि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन सकेको थिएन। धितोपत्र बोर्डको नेतृत्व अर्थ मन्त्रालयका सहसचिवहरुले सम्हाल्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS