IME Life New

एनआरएनलाई शेयर बजारमा भित्र्याउन निर्देशिकामा गरिएको संशोधनमा मुख्य व्यवस्थाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैरआवासी नेपाली (एनआरएन)लाई नेपालको शेयर बजारमा भित्र्याउने नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको आठौं संशोधन गरेको छ। यो संशोधित निर्देशिकाले गैरआवासी नेपालीलाई शेयर बजारमा भित्रिन खुला गरिदिएको छ।

धितोपत्र बोर्डले गैरआवासी नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउने विषय नेपाल सरकार तथा बोर्डको उच्च प्राथमिकतामा रहेको जनाएको छ। यसको अतिरिक्त एनआरएनलाई दोस्रो बजारमा धितोपत्र खरिदबिक्री गर्न खुला गर्ने विषयमा अध्ययन कार्य सम्पन्न भई यस सम्बन्धमा आवश्यक व्यवस्था गर्न कानुनमा संशोधन गर्ने कार्यसमेत भइरहेको धितोपत्र बोर्डले जनाएको छ।

Esewa
Crest

यस्ता छन् निर्देशिकामा गरिएको संशोधनको मुख्य व्यवस्थाहरु

  • गैरआवसीय नेपालीले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीको शेयरमा लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा गैरआवासीय नेपालीबीच मात्र खरिदबिक्री हुने।
  • गैरआवसीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोली सोही खातामार्फत आस्वा प्रणालीको प्रयोग गरी नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीको शेयरमा आवेदन दिन सक्ने।
    निष्कासन गरिने शेयरमा आवदेन दिन सकिने न्यूनतम सीमा १ हजार कित्ता रहेको।
  • संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको शेयर खरिद गर्न इच्छुक गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपालीको परिचयपत्र तथा स्थायी लेखा नम्बर (प्यान नम्बर) पेस गर्नुपर्ने।
  • संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्ने गैरआवासीय नेपालीले कम्पनीको संस्थापकका रुपमा वा सर्वसाधारणका रुपमा लगानी गर्न सक्ने।
  • संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरेबमोजिम हुने।
  • संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र निष्काशन गर्दा शेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था लागु नहुने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS