IME Life
GBIME

टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।

नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रूपैयाँ रहेको छ जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ ।

Crest

कम्पनीका अनुसार टिभिएस आईक्युब ३ प्रमुख सिद्धान्तहरू पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताबाट प्रेरित छ। पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।”

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभिएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं । नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”

नयाँ टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ ।

टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टका मुख्य विशेषताहरुः

  • ब्याट्री क्षमता – २.२ किलोवाट–आवर
  • चार्जर – ९५० वाट
  • ५ इन्चको रंगीन टिएफटी स्क्रीन
  • सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (०–८०%)
  • सवारी दुर्घटना तथा टो अलर्ट
  • टर्न–बाइ–टर्न नेभिगेशन
  • डिस्ट्यान्स टु एम्प्टी
  • ३० लिटरको अन्डर सीट स्टोरेज
  • ७५ किमी प्रतिघण्टाको टप स्पिड
  • मूल्यः २ लाख ९९ हजार ९९० रूपैयाँ
  • उपलब्ध कलरहरूः वालनट ब्राउन र पर्ल ह्वाइट

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS