काठमाडौं । शेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा झरेको छ।
बजार घट्दा १९७ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ४३ कम्पनीको शेयरभाउ बढ्दा ४ कम्पनीको स्थिर रहेको छ।
यो दिन नेप्से उपसमूहका रहेका १३ वटै समूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट वित्त समूहमा देखिएको छ।
आज बजारमा सवा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल फाइनान्सः २५ करोड २४ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २३ करोड ३३ लाख रुपैयाँ
- रसुवागढी हाइड्रोपावरः १९ करोड ७९ लाख रुपैयाँ
- हिमालय ऊर्जाः १८ करोड ३० लाख रुपैयाँ
- कर्णाली डेभलपमेन्ट बैंकः १६ करोड ५० लाख रुपैयाँ
- बेस्ट फाइनान्सः १६ करोड १८ लाख रुपैयाँ
- सांग्रिला डेभलपमेन्ट बैंकः १३ करोड ४९ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १२ करोड ६८ लाख रुपैयाँ
- मितेरी डेभलपमेन्ट बैंकः १२ करोड ३ लाख रुपैयाँ
- जानकी फाइनान्सः ११ करोड ४७ लाख रुपैयाँ