IME Life New

लाभांश पारित गर्न सुपरमाई हाइड्रोपावरले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीलेृ दशौं बार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ । सभा लिसरा रिसेप्सन्समा दिनको ४ बजे गर्ने भएको हो । कम्पनकिो मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थि कवर्ष २०८१/ ८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (श्री सुजन एश एण्ड एशोशिएट्स् चार्टड एकाउण्टेन्टस्लाई योग्य देखिएकोले साबिक कै पारिश्रमिकमा लेखापरीक्षण गर्न सिफारिश गरिएको) प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिले सिफारिश गरे बमोजिम आर्थिक वर्ष २०८०/ ८१सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ५.६३१ प्रतिशत नगद लाभांश कर प्रयोजन सहित वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । सभाले संचालक समितिले सिफारिश गरे बमोजिम चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले प्रबन्धपत्रको दफा ६(क) (ख) (ग) शंशोधन गर्ने, नियमन निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा शंशोधन गर्नुपर्ने अवस्था आईपरेमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक शंशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्िरयोजनक ालागि मंसिर १७ गते बुक क्लोज गर्दैछ । त्यसकार(ा मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS