काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका हुन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।