IME Life New

यात्रुलाई १० लाख हवाई टिकट सित्तैमा बाँड्दै अमेरिकी वायू सेवा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी घरेलु वायू सेवा कम्पनी फ्रण्टियर एयरलाइन्सले १० लाख हवाई टिकट निःशुल्क बाँड्ने घोषणा गरेको छ। वार्षिकरूपमा मनाइने पर्व थ्याङ्क्सगिभिङ (कृतज्ञता) को अवसरमा एयरलाइन्सले सोमबार यस्तो घोषणा गरेको हो।

एयरलाइन्सले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, हामी हाम्रो यात्रु महानुभावहरू प्रति आभार व्यक्त गर्दै कृतज्ञता स्वरूप सीमित अवधिका लागि यो योजना लागू गरेका छाैं ।

Esewa
Crest

अमेरिका र युरोपेली मुलुकमा प्रत्येक नोभेम्बर २८ तारेखमा थ्याङ्क्सगिभिङ डे मनाइन्छ।

एयरलाइन्सका अनुसार सीमित अवधिका लागि खुलाइएको टिकट बिक्रीमा यात्रुले आधार भाडा दरमा शत प्रतिशत छुट पाउनेछन् । उनीहरूले सरकारी सेवा शुल्क र करवापतको रकम मात्र भुक्तानी गर्नुपर्नेछ। यो योजना १८ नोभेम्बरदेखि २० नोभेम्बरको राति २३ः५९ बजेसम्म मात्र लागू गरिनेछ। एयरलाइन्सका अनुसार यात्रुले मंगलबार, बुधवार र शनिबारको यात्राको लागि शत प्रतिशत छुट र सोमबार र बिहीबार फेब्रुअरी सम्मको यात्राको लागि आधार भाडामा ५० प्रतिशत छुट पाउनेछन् । यसका लागि छुट कोड SAVE100 को प्रयोग गरेर कम्पनीको वेबसाइटबाट टिकट खरिद गर्नुपर्नेछ।

फ्रण्टियर एयरलाइन्स अमेरिकामा सर्वाधिक सस्तो वायू सेवा कम्पनी हो। यसले १४० वटा एयरबस जहाजमार्फत अमेरिकाको विभिन्न १२० वटा गन्तव्यमा दैनिक उडान भर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS