IME Life New

प्रथम त्रैमासमा रुरु जलविद्युतको वित्तीय अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजना चालु आर्थिक वर्ष २०८१।८२को प्रथम त्रैमासिक (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २.२९ प्रतिशतले बढेको छ।

Esewa
Crest

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर ५ करोड ३३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा ५ करोड ३० लाख रुपैयाँ थियो।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ ११.१९ प्रतिशतले बढेर २१ करोड ९६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ७५ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३०.२० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २९.५३ रुपैयाँ थियो। पीई रेसियो २६.२९ गुणा रहेको कम्पनीको १४४.५२ रुपैयाँ रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS