IME Life New

बाढीपहिरो पीडितको राहात र पुनर्स्थापनाका लागि बीमा उद्योगको रु. ३.५ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। असोज महिनाको दोस्रो साता देशभर वर्षाका कारण सिर्जित बाढीपहिरोको वितन्डाले पुर्याएको क्षति पछिको पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेपछि बीमा कम्पनीहरुले सरकारी कोषमा कुल ३ करोड ६२ लाख रुपैयाँ योगदान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा कात्तिक २७ गतेसम्ममा कुल ३५ मध्ये कुल १० वटा बीमा कम्पनी र नियामक नेपाल बीमा प्राधिकरणबाट सहयोग रकम प्राप्त भएको छ। कार्यालयका सहयोग राशी उपलब्ध गराउने बीमकमध्ये ६ निर्जीवन बीमक र ४ जीवन बीमक छन्।

Esewa
Crest

सरकारले असोज १० देखि १२ गतेसम्म आएको भीषण बाढीपहिरोबाट धनजनको ठूलो क्षति भएको भन्दै आमनागरिक, संघसंस्था र विदेशी दातृ निकायलाई समेत सहयोगका लागि आह्वान गरेको छ।

निर्जीवन बीमक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५१ लाख, नेपाल इन्सुरेन्सले ५० लाख, प्रभु इन्स्योरेन्सले २५ लाख, आईजीआई प्रुडेन्सियलले १५ लाख, ओरियन्टल इन्स्योरेन्सले १५ लाख र नेसनल इन्स्योरेन्सले १० लाख रुपैयाँ सहयोग राशि उपलब्ध गराएका छन्।

बाढीपीडितको राहत र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा निर्जीवन बीमकको योगदान

यसैगरी जीवन बीमकहरु लाइफ इन्स्योरेन्स कम्पनी नेपालले ३१ लाख, प्रभु महालक्ष्मी लाइफले २५ लाख, अमेरिकन लाइफ(मेट लाइफ) ले २४ लाख र आइएमई लाइफले १५ लाख रुपैयाँ योगदान गरेका छन्।

बाढीपीडितको राहत र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जीवन बीमकको योगदान

बीमा नियामक नेपाल बीमा प्राधिकरणले समेत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारी कोषमा १ करोड रुपैयाँ उपलब्ध गराएको छ।
सरकारले राहत कोषमा रकम जम्मा गर्न सार्वजनिक आह्वान गरेलगत्तै बीमा प्राधिकरणले बाढी प्रभावितको राहातका लागि कोषमा योगदान गर्न सबै बीमा कम्पनीलाई लिखित निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनपछि इजाजत प्राप्त ३५ मध्ये १० वटाले प्रधानमन्त्री विपद राहात कोषमा राहत रकम जम्मा गरिसकेका छन्।
प्राधिकरणका अनुसार हाल ३ वटा लघु जीवनसमेत १७ वटा जीवन बीमक र ४ वटा लघुसहित १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।
असोज १० देखि १२ गतेसम्मको देशका विभिन्न हिस्सामा आएको भीषण बाढीपहिरोका कारण २४८ जनाभन्दा बढीको ज्यान जानुका साथै जलविद्युत आयोजना, राजमार्ग, पुल र निजी सम्पत्तीको समेत ठूलो क्षति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS